अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइँदै



हाम्रो इकोनोमि

‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ ।

दिवसका अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले आज यहाँ प्रभातफेरी र सभाको आयोना ग¥यो ।

सभामा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले विविध कारणले विदेशिएका नेपाली आप्रवासी कामदारको अधिकारप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताका लागि सरकारले विशेष पहल गरिरहेको र हालैमात्र जोर्डनसँग श्रम सम्झौता गर्न सफल भएको जानकारी दिनुभयो ।

श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले नेपालको विद्यमान श्रम गन्तव्यलाई विकेन्द्रित गर्दै विकसित मुलुकमा कामदार पठाउन मन्त्रालयले अध्ययन अघि बढाएको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले आजबाट आयोगले वैदेशिक रोजगार पीडितको उजुरी लिन शुरुवात गरेको जानकारी दिनुभयो । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले वैदेशिक रोजगारको ठगी घटाउन र पीडित कामदारलाई न्यायमा पहुँच बढाउन मन्त्रालयले सुधारका कार्यक्रम शुरु गरेको बताउनुभयो ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...