सिंगापुरलाई ७१ रनले हराउँदै एसीसी यू–१६ क्रिकेटको उपाधि नेपालले जित्यो



एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक रहृयो ।

दोस्रो ओभरमा ओपनर कुशल मल्ल खाता नखोली आउट भएपछि आएका सुवार आयरले २२ रन जोडे । अर्का ओपनर राजन मगर दुर्भाग्यपूर्वक रनआउटको शिकार हुँदा नेपालले ५.३ ओभरमा २१ रनमात्र जोडेको थियो ।

त्यसपछि आएका कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । ७९ बल खेलेर उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दाशले १९ र सुनील भण्डारीले १५ रन नेपालको खातामा जोडे ।

सातौं नम्बरमा ब्याटिङमा आएका नारायण जोशीले विष्फोटक पारी खेल्दै नेपाललाई सम्मानित योगफलमा पुर्‍याए । जोशी २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रनमा अविजित रहे । प्रतिश जोशी पनि १० रनमा अविजित रहे ।

१८४ रनको विजयलक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१.५ ओभरमा ११२ रनमै समेटिएपछि नेपालको ७१ रनको शानदार जित सम्भव भयो । सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले सर्बाधिक ३१ रन बनाए । अर्नभ राधवाले सिंगापुरका लागि २१ रन बनाए ।

सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३र३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले एक एक विकेट लिए । सिंगापुरका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

प्रतियोगिताको समूह चरणमा थाइल्याण्ड, हङकङ र म्यानमारलाई हराउँदै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले मलेसियालाई हराउँदै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

    घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको