जाम्बियामा हैजाबाट २० जनाको मृत्यु



हाम्रो इकोनोमि

जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

फोहोर पानीका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिले सम्म २० जनाको मृत्युभएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

हैजाको सङ्क्रमण भएका थप २९ जना विरामी गत बुधबार अस्पतालको सम्पर्कमा आएका थिए । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७६० पुगेको जनाएको छ ।

यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

ती मध्ये ५७ जनाले मात्रै अहिले अस्पतालमा उपचार गराइरहेका छन् । त्यस बाहेक अन्य सवैजना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...