आगलागीबाट ७० लाखको क्षति



हाम्रो इकोनोमि

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ ।

स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हँुदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगलागीबाट रु एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी कासा तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

अपराह्न चिया पकाएर घरमा भएका मानिस मेलामा गएको समयमा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि नियन्त्रणमा लिन नसक्दा घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...