विकासको नयाँ युग निर्माण गर्छु : सञ्जय गौतम



बर्दिया–१ बाट निर्वाचित सांसद तथा कांग्रेस नेता सञ्जय गौतमसँग गरिएको कुराकानी :

चुनाव जित्दाको अनुभव के छ ?

२०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा पहिलो पटक मलाई यस क्षेत्रका जनताले चुनाव जिताएका थिए । अहिले पुनः मलाई नै दोहोर्याए । यस क्षेत्रका जनताले विकासको अपेक्षा गरेर मलाई जिताएको महसुस गरेको छु । यो जित मेरो जित भन्दा पनि जनताको जित भएको ठानेको छु । मुलुक नयाँ अध्यायमा सुुरु गरेका बेला मेरो जितले बर्दियाको आमूल परिवर्तन गरेर जनताको माया र भरोसा सधैँ पाइरहन काम गर्ने अवसर प्राप्त गरेको अनुभूति भएको छ । मलाई जनताले दिएको अभिमतले लामो समयदेखिको समृद्धिको चाहनालाई सम्बोधन गर्नेछ । यो जिम्मेवारी काँधमा आइपुगेको छ । अहिले चुनौती र अवसर दुवै अनुभव एकैसाथ भएको छ । जनताले विश्वास गरेर मलाई जिताएका छन् । म असाध्यै खुसी छु । जनता पनि खुसी छन् । विजयी भएको घोषणा भएपछि पुनः घरदैलो पनि सुरु गरेको छु ।

नक्कली कुरा गरेर जनतामा भ्रम पार्नु राम्रो हैन । मैले जे सक्छु, त्यो गरेर देखाउनेछु । भ्रामक प्रचार भइरहेको हो त्यसमा सचेत हुन म मतदातालाई आग्रह गर्छु । पूर्वाधार विकास गरेर नमुना जिल्लाका रूपमा पहिचान बन्नेछ ।

जितपछि पहिलो प्राथमिकता के हो ?

मेरो जितको आधार मेरो अजेन्डा हो । अजेन्डा क्रमागत रूपमा पूरा गर्छु । मेरो जितको आधार नदी नियन्त्रण, कृषि पर्यटन क्षेत्र विस्तार र वैज्ञानिकीकरण, पूर्वाधार निर्माण, कृषि विश्वविद्यालय र जिल्लाको समृद्धि नै मेरो पहिलो प्राथामिकतामा पर्छन् । यस क्षेत्रको सुकुम्वासी र मुक्त कमैयाका समस्या समाधान मेरो एजेन्डा हो । उद्योग स्थापना हुने वातावरण तयार पारी उद्योगलाई यस क्षेत्रको आर्थिक विकासको मेरुदण्डका रूपमा अघि बढाउनेछु ।

तपाईंका मुख्य अजेन्डा के–के छन् ?

मेरा मुख्य अजेन्डा जिल्लाको समृद्धि नै हो । त्यसमा कृषिको व्यवसायीकरण र वैज्ञानिकीकरण गरेर जनतालाई प्रशस्तरूपमा लाभ दिने । यो जिल्ला किसानको जिल्ला हो । किसानलाई टेवा पुग्ने योजनाका भरपुर प्रयास मेरो रहनेछ । वर्षेनि बाढीबाट प्रताडित यहाँका स्थानीयलाई जलस्रोत उपयोग हुने गरी र जिल्ला नदीबाट हुने कटान रोक्न सम्भव भएसम्म प्रयास गर्नेछु । अनेक विविधताले भरिएको जिल्लालाई समग्र रूपमा विकास गर्ने मेरो प्रतिबद्धता त्यसअनुरूप मैले काम गर्नेछु । नगरका रूपमा आसपासका क्षेत्रलाई समेटेर अघि बढाउन मेरो भूमिका रहनेछ । यस क्षेत्रको नदी नियन्त्रण, सडक, सिँचाइ, पुल निर्माण लगायतका पूर्वाधारहरूको विकास गर्ने मेरा योजना छन् ।

कांग्रेसबाट जित कसरी सम्भव भयो ?

मतदाताको चाहनाले मेरो जित भएको हो । मतदाता कसैको हुँदैन । जसलाई उसले विश्वास गर्छ, उसैलाई अभिमत दिन्छ । जनताले मलाई विश्वास गरे, मलाई जिताए । लोकतान्त्रिक पद्धतिमा निर्वाचित हुनु प्रक्रिया हो । काम ठूलो कुरो हो । बर्दियाको विकास, जनताको सुखदुःख र विपत्तिमा म जहिले सारथि बनेँ । मेरो यस माटोप्रतिको माया र सहानुभूति यहाँका जनताले प्रत्यक्ष रूपमा देख्नुभएको छ । जनताको मैले गरेको काम र यो धर्तीलाई गरेको माायालाई जनताले अनुमोदन गरेकाले मैले जितेको हुँ ।

वाम गठबन्धनको सरकार भएका बेला विकास हुन्न भन्ने हल्ला छ नि ?

नक्कली कुरा गरेर जनतामा भ्रम पार्नु राम्रो हैन । मैले जे सक्छु, त्यो गरेर देखाउनेछु । भ्रामक प्रचार भइरहेको हो त्यसमा सचेत हुन म मतदातालाई आग्रह गर्छु । पूर्वाधार विकास गरेर नमुना जिल्लाका रूपमा पहिचान बन्नेछ ।

निर्वाचन नजिकिँदै गर्दा मन्त्री भएर फाइदा उठाउनुभयो पनि भन्छन् नि ?

जित्नका लागि मात्रै काम गर्ने हैन । सा“च्चै काम गर्ने मान्छे हो म । जनतास“ग नजिकिएर जनभावना बमोजिम काम गर्ने हो भने जनतामा पनि नेताप्रति विश्वास हुन्छ । सभासद् हुँदाभन्दा मन्त्री भएपछि पक्कै बढी काम भए होला । पदमा पुुगेपछि लुट्ने र चुनावमा लुटाउने दुुवै प्रवृत्तिको विरोधी हुु“ म । जनताले अभिमत दिनुको मुख्य कारण काम नै हो भन्ने मलाई लाग्छ । करोडौँ खर्च गरेर ल्याएको परिणाम होइन, यो । मलाई जनताले जिताएका हुन् । चुनाव जितेर गएपछि जनताको हितमा जनचाहना बमोजिम नै काम गर्नेछु ।

तपाईंको जितका मुख्य आधार के–के थिए ?

मेरो जितको आधार विकास पक्कै गर्छ भन्ने आधार हो । जनताको चाहना अनुसार हिँड्ने हुनाले मलाई जनताले अवसर दिएका हुन् । विगतमा जिम्मेवारी पाएको अवसरमा गरेका राम्रा काम नै मुख्य आधार हो । यसअघि पनि झुटा गरिनँ, अब गर्ने कुरा भएन । जनतास“ग झुटा वाचा गरेर जनताले मलाई अभिमत दिएका पक्कै होइनन् । जे वाचा गरेको छु, त्यो पूरा गरेरै छाड्छु ।

सिँचाइ मन्त्री हुँदा के काम गर्नुभयो ?

म सिँचाइ मन्त्री हुँदा मैले धेरै काम गरँे । त्यसको रिजल्टले नै म निर्वाचित भएको हुँ । काम गरेको थाहा पाएपछि जनताले मेरो मूल्याकंन गरे । मैले नदी नियन्त्रणका लागि ६ अर्ब रुपियाँ विनियोजन गराएको छु । नदी नियन्त्रणका लागि कार्यालय स्थापना गरेँ । त्यसले धेरै नै काम हुन्छ भन्ने मलाई लागेको छ । पुनः मलाई चुनेकाले मेरो प्राथमिकतामा रहेको कामले पूर्णता पाउनेछ । साभारः नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कलाकार धुर्मुस–सुन्तलीविरुद्ध अदालतमा मुद्दा दायर

  कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध मुद्दा

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन