असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो



हाम्रो इकोनोमि

 

सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेको सञ्चारमन्त्री जगदिश खरेलले बताए।

केही समयलाई कित्ताकाट खोल्ने उदेश्यले नै भूउपयोग नियमावली, २०७९ मा तेस्रो संशोधन गरिएको हो।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी युवराज अर्यालले मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने बताए।  संसोधित नियमावलीले २०८२ असारसम्मलाई कित्ताकाट खोल्ने निर्णय गरेको छ।  यसअघि नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा बन लगायतको आधारमा वर्गीकरण गरेर मात्रै सोही अनुसार कित्ताकाट गर्न पाइने व्यवस्था गरेको थियो।  तर, नियमावली आएको तीन वर्ष बितिसक्दा पनि सात सय ५३ मध्ये आधाभन्दा धेरैले यसरी जग्गाको वर्गीकरण गर्न नसकेपछि केही समयको लागि कित्ताकाट खोलाइएको हो।

जग्गाको कित्ताकाट नखोलिदा कारोबार नै सुस्त भएको थियो।

जग्गामा धेरै सर्वसाधारणदेखि सहकारी, बैंकको ऋणको समत प्रयोग भएकोले कारोबार सुस्त हुँदा अर्थतन्त्र पनि शिथिल हुन पुगेको छ। सरकारको यो निर्णयले अर्थतन्त्र चलायमान हुनसक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...