असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो



हाम्रो इकोनोमि

 

सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेको सञ्चारमन्त्री जगदिश खरेलले बताए।

केही समयलाई कित्ताकाट खोल्ने उदेश्यले नै भूउपयोग नियमावली, २०७९ मा तेस्रो संशोधन गरिएको हो।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी युवराज अर्यालले मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने बताए।  संसोधित नियमावलीले २०८२ असारसम्मलाई कित्ताकाट खोल्ने निर्णय गरेको छ।  यसअघि नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा बन लगायतको आधारमा वर्गीकरण गरेर मात्रै सोही अनुसार कित्ताकाट गर्न पाइने व्यवस्था गरेको थियो।  तर, नियमावली आएको तीन वर्ष बितिसक्दा पनि सात सय ५३ मध्ये आधाभन्दा धेरैले यसरी जग्गाको वर्गीकरण गर्न नसकेपछि केही समयको लागि कित्ताकाट खोलाइएको हो।

जग्गाको कित्ताकाट नखोलिदा कारोबार नै सुस्त भएको थियो।

जग्गामा धेरै सर्वसाधारणदेखि सहकारी, बैंकको ऋणको समत प्रयोग भएकोले कारोबार सुस्त हुँदा अर्थतन्त्र पनि शिथिल हुन पुगेको छ। सरकारको यो निर्णयले अर्थतन्त्र चलायमान हुनसक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...