नेपाली खानालाई प्रवधन गर्न बानाले सडक फुड फेस्टिबल २०२५’ आयोजना गर्दै



हाम्रो इकोनोमि

बाल्टिमोर । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपाली खानालाई प्रवर्धन गर्न ‘रोड फुड फेस्टिबल २०२५’ आयोजना गर्ने भएको छ ।
बानाको नयाँ अध्यक्षमा निर्वाचित भए लगत्तै अध्यक्ष जितेन्द्र गुरुङले आफ्नो कार्यकालमा गर्ने विभिन्न कार्यक्रमको पत्रकार सम्मेलन गरी क्यालेन्डर सार्वजनिक गरेका छन् ।
बानाले नेपालका विभिन्न स्थानबाट फरक फरक पहिचान सहित अमेरिका पुगेका नेपालीहरुबीच आफ्नो भाषा, सँस्कृति, परम्परागत पहिचानको संरक्षण गर्न र एक अर्का बीच भाइचाराको सम्बन्ध बढाउन वर्ष २०२५ मा गर्ने कार्यक्रमको क्यालेन्डर तयार गरेका हुन् ।
२०११ देखि कम्युनिष्ट विचारधाराका अध्यक्षहरुले कब्जा गर्दै आएको बानामा पहिलो पटक लोकतान्त्रिक विचारधारका कांग्रेस नेता जितेन्द्र गुरुङ अत्याधिक मत सहित पहिलो पटक विजयी भएका थिए । मे २४ मा पदभार सम्हालेका अध्यक्ष गुरुङले विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
अध्यक्ष गुरुङका अनुसार युवाहरुबीच एकता तथा सद्भाव बढाउन बाना कप फुटबल प्रतियोगिता आयोजना गर्ने, नेपाली साँस्कृतिक भेषभूषाको संरक्ष तथा महिला शक्तिकरणका लागि तीज विशेष कार्यक्रम गर्ने,नेपाली खाना तथा परिकारहरुलाई परिचित गराउन रोड फूड फेस्टिबल आयोजना गर्ने, दसैँ तथा तिहार विशेष कायक्रम गर्ने, नेपाली डाक्टरहरुद्धारा नै स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
यस्तै पत्रकार सम्मेलनमा बानाका निवर्तमान अध्यक्ष सुवोध विलाश पन्तको कार्यकालमा बाआमा कार्यक्रमको थालनी भएको र सो कार्यक्रमलाई निरन्तरता दिदै अमेरिकामा भएका छोराछोरी भेटन पुगेका आमाबुवालाई लक्षित गरी ज्येष्ठ नागरिक भेटघाट तथा अन्तरक्रियाको कार्यक्रम पनि गरिने बाना महासचिव सालिन बस्नेतले जानकारी दिइन् । यसरी भेटघाटको कार्यक्रमले जेष्ठ नागरिक विच अनुभव साटासाटको अवसर प्रदान हुेने महासचिव बस्नेतले बताए ।
यस्तै बार्षिक क्यालेन्डर अनुसार अमेरिका बसोबास गर्ने बालबालिका अंग्रेजी भाषमा दख्ल भएतापनि नेपाली भाष कमजोर हुने विषयलाई मध्यनजर गर्दै नेपाली भाषाको जर्गेना गर्नको लागि बालबालिकाहरुलाई नेपाली भाषा कक्षा सञ्चालनलाई पनि विशेष प्राथमिकताका साथ यस वर्ष पनि सञ्चालन हुने महासचिव बस्नेतले जानकारी दिए!

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...