फ्रान्समा रेल दुर्घटनामा चार बालबालिकाको मृत्यु



हाम्रो इकोनोमि

दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ ।

बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परेको यस बसमा फ्रान्सको मिललास्स्थित एक निम्न माध्यमिक विद्यालयका करिब २० विद्यार्थी बोकेर गइरहेको बताइएको छ ।

सो दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिललास् सहरबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने स्थानमा भएको थियो ।
बस नराम्ररी क्षतिग्रस्त भएको सरकारी स्रोतले जानकारी दिएको छ । फ्रान्सको ब्लुउ प्रान्तको एक क्षेत्रीय रेडियोका अनुसार रेलले बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनास्थलबाट उद्धारको लागि करिब ९५ जना उद्धारकर्ता र चार वटा हेलिकोप्टरको प्रयोग गरिएको जनाइएको छ ।
फ्रान्सका प्रधानमन्त्री एडवार्डा फिलिप पनि सो बस दुर्घटना भएको क्षेत्रमा पुग्नु भएको छ । उहाँले घाइतेको राम्रो उद्वार र उपचारका लागि निर्देशन दिनुभएको छ

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...