आगलागीमा परी छ चौपाया मरे, लाखौँको क्षति



हाम्रो इकोनोमि

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् भने दुईवटा चौपाया गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार रानी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगलागीमा परी गोठभित्र रहेका तीन भैँसी, तीन बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु गम्भीर घाइते भएका छन् ।

त्यस्तै, रायको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्रका काठ, दाउरा, भुस, पराललगायत सबै सामग्री गरी रु छ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

आगलागी स्थानीय, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...