प्रतिनिधिसभाका १५७ र प्रदेशसभाका ३१८ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न



हाम्रो इकोनोमि

दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५७ र प्रदेशसभा सदस्यतर्फ ३१८ प्रतिनिधि निर्वाचित भएका छन् ।

अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आठ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १२ निर्वाचन क्षेत्रको मात्र मत परिणाम प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि निर्वाचन भएको थियो ।

हालसम्म प्राप्त विवरणअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा ९एमाले०का ७७, नेकपा ९माओवादी केन्द्र० का ३४, नेपाली काँग्रेसका २१, राष्ट्रिय जनता पार्टी, नेपालका १० र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।

यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक सदस्य निर्वाचित भएका छन् ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ ।

आयोगका अनुसार नेकपा (एमाले)ले १० लाख ४५ हजार ५९५ मत, नेपाली काँग्रेसले नौ लाख ७४ हजार ९२३, नेकपा (माओवादी केन्द्र) ले चार लाख ३० हजार ९२९, संघीय समाजवादी फोरम, नेपालले ७४ हजार ३५८, विवेकशील साझा पार्टीले ५९ हजार ३७२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५५ हजार २१९, राष्ट्रिय जनता पार्टी नेपालले ४८ हजार ९६६, नयाँ शक्ति पार्टी, नेपालले ३३ हजार १७९, राष्ट्रिय जनमोर्चाले २५ हजार ८२६ र राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले २२ हजार ६१९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...