इराकी प्रधानमन्त्रीद्वारा जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा



हाम्रो इकोनोमि

इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ ।

उहाँले भन्नुभयो– अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई मार्न चाहन्थे तर हामी हाम्रा नागरिकको सुरक्षा गर्न सफल भएका छौँ, जिहादीहरु हाम्रो भूमिबाट मारिएका छन् वा भागेका छन् ।

इराकी सेनाले गएको करिब तीन बर्षयतादेखि यहाँका मुस्लिम अतिवादी, इस्लामिक स्टेट ९आइएस० का विरुद्धमा युद्धमा युद्धको घोषणा गरेको थियो ।

उसले आइएसलाई इराकी भूमिबाट निस्तेज पारेरै छोड्ने बताएको थियो । इराकी प्रधानमन्त्री हैदर अल अबादीले आइतबार भन्नुभयो– हामीले जे भनेका थियौँ त्यो गरेका छौँ, इराकी सेनाले अन्ततः आफूले जितेको घोषणा गरेको छ ।

इराकमा यस युद्ध जितेको घोषणासँगै आइतबार सार्वजनिक विदा पनि दिइएको छ । नागरिकले आफ्नो देशले, सेनाले जितेको अवसरलाई भव्य रुपमा कार्यक्रमहरु गरेर मनाउन भनेर सार्वजनिक विदा दिइएको पनि इराकी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री अबादीले आइतबार देशबासीका नाममा गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी दिनुभएको हो । उहाँले इराकी सेना वीर र हिरो हुन् पनि भन्नुभएको छ ।

उहाँले आइतबार दिनुभएको सो देशवासीका नामको सम्बोधनमा देशले आतङ्कवादीलाई हराइसकेको, यो युद्ध जितेकोले अबका दिनमा भ्रष्टाचारका विरुद्धमा लड्ने अभ्यास गर्ने प्रण पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले सो सम्बोधनमा भन्नुभयो– हामीले हाम्रो भूमिबाट आतङ्कवादीलाई हराइसकेका छौँ, अब भ्रष्टाचारविरुद्धमा लड्ने छौँ ।

इराकका विशेषगरी उत्तर र पश्चिमी क्षेत्रका कैयौँ भूभागमा आइएसले कब्जा जमाएको थियो । उनीहरुले सशस्त्र युद्धमार्फत इराकी सेनालाई हटाएर ती क्षेत्रमा कब्जा जमाएको थियो ।

सन् २०१४ मा यसरी आइएसले कब्जा जमाएको सो क्षेत्रबाट तीन वर्षको संघर्षपछि आफ्नो भूभाग आफैले लिन इराकी सेना सक्षम भएको हो ।

यसलाई इराकी सेनाले पनि आफ्नो ठूलो उपलब्धिका रुपमा लिएको छ । यसरी गरिएको कब्जालाई यहाँको सेनाले निकै नै रक्षात्मक रुपमा कारबाही गर्दै अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...