इराकी प्रधानमन्त्रीद्वारा जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा



हाम्रो इकोनोमि

इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ ।

उहाँले भन्नुभयो– अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई मार्न चाहन्थे तर हामी हाम्रा नागरिकको सुरक्षा गर्न सफल भएका छौँ, जिहादीहरु हाम्रो भूमिबाट मारिएका छन् वा भागेका छन् ।

इराकी सेनाले गएको करिब तीन बर्षयतादेखि यहाँका मुस्लिम अतिवादी, इस्लामिक स्टेट ९आइएस० का विरुद्धमा युद्धमा युद्धको घोषणा गरेको थियो ।

उसले आइएसलाई इराकी भूमिबाट निस्तेज पारेरै छोड्ने बताएको थियो । इराकी प्रधानमन्त्री हैदर अल अबादीले आइतबार भन्नुभयो– हामीले जे भनेका थियौँ त्यो गरेका छौँ, इराकी सेनाले अन्ततः आफूले जितेको घोषणा गरेको छ ।

इराकमा यस युद्ध जितेको घोषणासँगै आइतबार सार्वजनिक विदा पनि दिइएको छ । नागरिकले आफ्नो देशले, सेनाले जितेको अवसरलाई भव्य रुपमा कार्यक्रमहरु गरेर मनाउन भनेर सार्वजनिक विदा दिइएको पनि इराकी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री अबादीले आइतबार देशबासीका नाममा गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी दिनुभएको हो । उहाँले इराकी सेना वीर र हिरो हुन् पनि भन्नुभएको छ ।

उहाँले आइतबार दिनुभएको सो देशवासीका नामको सम्बोधनमा देशले आतङ्कवादीलाई हराइसकेको, यो युद्ध जितेकोले अबका दिनमा भ्रष्टाचारका विरुद्धमा लड्ने अभ्यास गर्ने प्रण पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले सो सम्बोधनमा भन्नुभयो– हामीले हाम्रो भूमिबाट आतङ्कवादीलाई हराइसकेका छौँ, अब भ्रष्टाचारविरुद्धमा लड्ने छौँ ।

इराकका विशेषगरी उत्तर र पश्चिमी क्षेत्रका कैयौँ भूभागमा आइएसले कब्जा जमाएको थियो । उनीहरुले सशस्त्र युद्धमार्फत इराकी सेनालाई हटाएर ती क्षेत्रमा कब्जा जमाएको थियो ।

सन् २०१४ मा यसरी आइएसले कब्जा जमाएको सो क्षेत्रबाट तीन वर्षको संघर्षपछि आफ्नो भूभाग आफैले लिन इराकी सेना सक्षम भएको हो ।

यसलाई इराकी सेनाले पनि आफ्नो ठूलो उपलब्धिका रुपमा लिएको छ । यसरी गरिएको कब्जालाई यहाँको सेनाले निकै नै रक्षात्मक रुपमा कारबाही गर्दै अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...