हुम्ला प्रदेश ‘क’ र जुम्ला प्रदेश ‘ख’ मा एमाले विजयी



हाम्रो इकोनोमि

हुम्ला जिल्लाको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गर्नुभयो । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जुम्ला प्रदेश क्षेत्र नं (ख) मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी हुनुभएको छ ।
नेकपा(एमाले)बाट उम्मेदवारी दिनुभएका रोकायाले १० हजार ४५८ र उहाँका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याउनुभएको छ । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित हुनुभएको थियो ।

सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिनुभयो । विसं २०१० असार १० गते साविकको पाण्डवगुफा ४ सिंजा जुम्लामा जन्मनुभएका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । विसं २०३८ देखि नेकपा(माले)बाट राजनीतिक जीवन शुरुवात गर्नुभएका उहाँ हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...