बेलायतका प्रधानमन्त्री मे बेल्जियम जादै



हाम्रो इकोनोमि

बेलायतका प्रधानमन्त्री टिरिजा मे शुक्रबार बेल्जियम जादै हुनुहुन्छ । बृटिश अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जंकरसँग औपचारिक भेटवार्ता गर्नका लागि उहाँ बेल्जियमको राजधानी ब्रसेल्स पुग्न लाग्नुभएको अधिकारीहरुले जनाएका छन् ।

बेलायत युरोपेली युनियनबाट निस्किने बारेमा हाल बेलायतले युरोपका विभिन्न नेताहरुसँग परामर्श गरिरहेको छ ।
सोही विषयमा उक्त कमिसनका अध्यक्षसँग आवश्यक छलफल र परामर्शका लागि उहाँ त्यसतर्फ लाग्नुभएको बताइएको छ ।

प्रधानमन्त्री मेको कार्यालयले दिएको जानकारीअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आवश्यक छलफलका लागि उहाँ ब्रसेल्स जान लाग्नुभएको हो ।

बेलायतले युरोपेली युनियनबाट बाहिरिने विषयमा यसअघि नै निर्णय गरीसकेको छ । त्यस बारेमा बेलायतले अब अन्तिम निर्णय गर्नमात्र बाँकी रहेको छ ।

यस विषयमा बेलायतले विश्वका विभिन्न देश र अधिकरीहरुसँग आवश्यक छलफल र परामर्शहरु जारी नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...