राहुल गान्धी बन्ने भए, भारतीय काँग्रेसका अध्यक्ष



हाम्रो इकोनोमि

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ ।

सो पदमा उम्मेदवारी दिने उहाँमात्र हुनुभएको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो ।

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष हुनुहुन्छ । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनु भएको छ ।

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उहाँले पद छोड्न लाग्नुभएको हा ।

यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहनुभएको थियो । उहाँ गत पाँच वर्षयता उपाध्यक्ष पदमा हुनुहुन्छ ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।

सोमबार साँझसम्म उहाँबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनुभएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राख्नुभएको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...