हवाई आक्रमणम तीन कमाण्डरसहित नौ जनाको मृत्यु



हाम्रो इकोनोमि

अफगानिस्तानको गजनी प्रान्तमा अफगान हवाई बलले आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीन तालिवान कमाण्डर मारिएका छन् ।

उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले सोमबार जानकार दिएका छन् ।

एक सवारी साधनमा रहेका तालिवान आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले गरेको यस कारबाहीमा परी तीन तालिवान स्थानीय कमाण्डर मारिएका छन् ।

साथै अन्य छ घाइते भएका गजनी प्रान्तका प्रहरी प्रमुख मोहम्मद जमानले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा भएको चालकरहित हवाई आक्रमणमा कम्तीमा छ इस्लामिस्ट स्टेट्स ९आइएस०आतङ्ककारी मारिएका प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोगीआनीले बताउनुभएको छ ।

हस्का मिना जिल्लामा भएको यस मानवरहित विमान कारबाहीमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य केही घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

आइएस आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा हालसम्म केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...