हवाई आक्रमणम तीन कमाण्डरसहित नौ जनाको मृत्यु



हाम्रो इकोनोमि

अफगानिस्तानको गजनी प्रान्तमा अफगान हवाई बलले आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीन तालिवान कमाण्डर मारिएका छन् ।

उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले सोमबार जानकार दिएका छन् ।

एक सवारी साधनमा रहेका तालिवान आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले गरेको यस कारबाहीमा परी तीन तालिवान स्थानीय कमाण्डर मारिएका छन् ।

साथै अन्य छ घाइते भएका गजनी प्रान्तका प्रहरी प्रमुख मोहम्मद जमानले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा भएको चालकरहित हवाई आक्रमणमा कम्तीमा छ इस्लामिस्ट स्टेट्स ९आइएस०आतङ्ककारी मारिएका प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोगीआनीले बताउनुभएको छ ।

हस्का मिना जिल्लामा भएको यस मानवरहित विमान कारबाहीमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य केही घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

आइएस आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा हालसम्म केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...