आज मध्यरातबाट मौन अवधि सुरु, के के गर्न पाईदैँन् ?



हाम्रो इकोनोमि

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।

साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्ने  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

सोमबार मध्यरातपछि भोट माग्न नपाइने भएकाले दलहरु आज अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त छन् । उनीहरुलाई मतदातासम्म पुग्न भ्याइनभ्याइ छ । कांग्रेस, एमाले र माओवादीका नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् ।

दोस्रो चरणको निर्वाचनबाट १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ २ हजार ८१९ उम्मेवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् ।

दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...