टिपर दुर्घटनामा पाँच घाइते



हाम्रो इकोनोमि

किस्पाङ गाउँपालिका–५ शान्तिबजार नजिकै आज टिपर दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् ।

बा४ख ७९२७ नंको टिपर दुर्घटना हुँदा चालक ककनी गाउँपालिका–४ का पदमबहादुर श्रेष्ठसहित गाडीमा सवार किस्पाङ गाउँपालिका–२ का सुमन तामाङ, रसुवा उत्तरगया गाउँपालिकाका कर्साङ तामाङ, श्याम तामाङ र दावा पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको वीर अस्पतालस्थित ट्रमा केन्द्रमा पठाइएको छ । त्रिशूलीबाट मैलुङतर्फ गइरहेको टिपर शान्ति बजार नजिकै नयाँ पुलमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...