यमनमा नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह



हाम्रो इकोनोमि

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गरेका छन्।

देशमा लामो समयदेखि यस्तो झडप बढ्दै गएका र त्यसमा परी निर्दोष सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोतर्फ उनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएका हुन्। जसका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ।

गएको २४ घण्टायता यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका छन्। स्माली ओल्ड चेख अहमदले विज्ञप्ति जारी गरी ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य भएको बताएका हुन्।

सानामा पछिल्लो समय यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन्।

विज्ञप्तीमा अन्तर्राष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनहरुको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको उनले उल्लेख गरेका छन्।

साथै उनले युद्धरत सबै पक्षलाई शान्तिपूर्ण वार्तामा आएर यसैका माध्यमबाट सबै समस्या समाधानको पहल गर्न पनि आग्रह गरेका छन्।

गत मङ्गलबार र बुधबार भएका विभिन्न स्थानका भिडन्तहरुमा परी राजधानी सानामा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...