आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म



हाम्रो इकोनोमि

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ ।

सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य उद्देश्यका साथ सो प्रतियोगिता हुने भएको हो ।

पोखरा लेखनाथ उपमहानगरपालिका– १७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित सो फुटबल प्रतियोगितामा कूल एक करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख पाँच हजार ५०० सय खर्च गरी रु तीस लाख भन्दा बढी आम्दानी गर्ने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिनुभयो ।

मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्र्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको सो फुटबल प्रतियोगता सम्पन्न गर्न पोखरा लेखनाथ महानगरपालिकाको संयोजन, राष्ट्यि खेलकूद परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकूद विकास समिति, कास्की जिल्ला फुटवल संघ, सहारा युके, हङकङ, अष्टे«लियाको सहयोग रहने कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...