शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने



हाम्रो इकोनोमि

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिनुभएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित भूकम्पपीडितले निर्माण गरेको निजी निवास ‘घर सम्पन्न प्रमाणपत्र’ प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा पुनःनिर्माणलाई तीव्र बनाउन एक हजार १९६ जना इञ्जिनियर पठाउन लागेको जानकारी दिनुभयो ।

“भूकम्पले क्षति पुगेका आवास निर्माण शतप्रतिशत भूकम्प प्रतिरोधी बनाउन प्राविधिकको अभाव भएको प्रभावितले गुनासो गरे” उहाँले भन्नुभयो “मंसिर १६ गते शनिबारदेखि कार्यान्वयन हुनेगरी अतिप्रभावित १४ जिल्लाका १३१ स्थानीय तहको प्रत्येक वडामा एक÷एकजना इञ्जियिनर पठाउन लागेका छौ ।”

शनिबारदेखि परिचालन हुने इञ्जिनियर वडा कार्यालयमा बसेर एक जनाले बढीमा पाँच सयजना भूकम्प प्रभावित लाभग्राहीलाई सेवा पु¥याउन जिम्मेवारी दिएर परिचालन गर्न लागिएको छ ।

यसअघि साविकको गाविसमा एक÷एकजना इञ्जिनियर परिचालन भए पनि दरबन्दीअनुसार पूर्ति नभएको र भएका पनि जागिर छाडेर अन्यत्र जाँदा आवास निर्माणको काम प्रभावित अभाव मूल समस्या हुँदै आएको थियो । भूकम्पले क्षति पुगेको आवास पुनःनिर्माण प्रभावकारी नभएको भन्दै यहाँका सरोकारवालाको जिज्ञासा सम्बोधन गर्दै प्राविधिक परिचालन र त्योसँगै जोडिएका समस्याको समेत समाधान गर्न प्राधिकरण तयार रहेको उहाँले बताउनुभयो ।

“आवास पुनःनिर्माणको लागि दक्ष जनशक्तिको अभाव छ” भुसालले भन्नुभयो “पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्तिलाई कालीगढ तालीम दिन लागिरहेका छौँ ।”

पुनःनिर्माण प्राधिकरणले यही मंसिर १८ गतेसम्म वडा कार्यालयमार्फत तालीम माग गर्नेलाई एक साताको कालीगढ तालीम निःशुल्क प्रदान गर्न लागेकाले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने महत्वकांक्षी योजना बनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत भुसालले आवास पुनःनिर्माणमा उत्पन्न समस्या समाधानका लागि काठको सहज उपलब्ध गराउन, निर्माण सामग्री ९ढुंगा, गिट्टी, बालुवा० स्थानीय तह मार्फत निःशुल्क उपलब्ध गराउन तथा सहुलियत दरमा व्यवस्था गर्न, आवास निर्माणको नक्सापास निःशुल्क र एक साताभित्रै गरिदिनस्थानीय तहका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिनुभयो ।
भूकम्प प्रभावितमध्ये अतिप्रभावित जिल्लाको रुपमा रहेको नुवाकोटको पुनःनिर्माण अवस्थाप्रति असन्तुष्टि जनाउँदै उहाँले प्रभावितलाई अस्थायी टहरा छाडेर सुरक्षित आवास निर्माण गर्न आग्रह गर्दै त्यसका लागि सरकारी पक्षबाट उपलब्ध गराउने सेवामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भूकम्प प्रभावित भएर लाभग्राहीमा समावेश हुन छुटेकालाई यो मंसिर मसान्तसम्म स्थानीय तहमा निवेदन दिएमा पुनःजाँच गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ, किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा, वल्ड रिन्युका कार्यक्रम प्रमुख मुक्ति सुवेदी, निजी आवास पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख विदुर खड्का, पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जिल्लाको पुनःनिर्माणमा उत्पन्न समस्या, पुनःनिर्माणलाई दिनुपर्ने तीव्रता, उत्पन्न अवरोध तथा आगामी दिनमा प्राधिकरणबाट गर्नुपर्ने सुधारको पक्षमा पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...