अन्तर्घात गर्ने र विपक्षीलाई फाइदा पुग्नेगरी काम गर्नेलाई एमालेले यसरी लगाउने भयो कोर्रा,यस्तो गर्नेलाई एमालेले च्याप्ने भयो सनासो



हाम्रो इकोनोमि

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले निर्वाचनमा असन्तुष्ट कार्यकर्तालाई पार्टीको विरुद्ध विपक्षीलाई फाइदा पुग्नेगरी कुनै पनि कामकार्वाही नगर्न चेतावनी दिएको छ। यदि त्यस्तो काम भए आयोग ‘अन्तिम निर्णयमा जान बाध्य हुने’ चेतावनी पनि दिइएको छ।

केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष अमृतकुमार बोहोराद्वारा शनिबार जारी एक वक्तव्यमा निर्वाचनको प्रक्रिया सुरु भइसकेपछि ‘असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘वागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने’ जस्ता समाचार आउनु दुःखद् र गम्भीर विषय भएको भन्दै आयोगको ध्यानाकर्षण भएको जनाइएको छ।

‘एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आज नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रबीच चुनावी तालमेल भएको छ र साझा उम्मेदवारीका साथ हामी चुनावी अभियानमा छौँ,’ अनुशासन आयोगको वक्तव्यमा भनिएको छ।

नेकपा एमाले संघर्षको लामो गौरवपूर्ण इतिहास भएको अनुशासित पार्टी भएको उल्लेख गर्दै आयोगले ‘पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कहीँकतैबाट नहोस्’ भनी चेतावनी दिएको छ। अन्यथा ‘पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने’ चेतावनी पनि आयोगले दिएको छ।

उम्मेदवार चयन गर्दा ‘कैयन महत्वपूर्ण व्यक्तिहरुलाई उम्मेदवारको रुपमा समावेश गर्न’ नसकिएको भन्दै आयोगले ‘चित्त नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने’ स्पष्ट पारेको छ।

आयोगले नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्ने र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने यो ऐतिहासिक क्षण भएको भन्दै यसलाई सफल पार्नका लागि पार्टीका सम्पूर्ण शक्तिलाई एकताबद्ध हुन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...