गंगा चौधरी एमाले र नयाँ शक्तिको समानुपातिक सूचीमा,यसरीमा धरापमा पर्यो उम्मेद्वारी दुवैतिर स्वत: रद्द हुने



हाम्रो इकोनोमि

टिकट नपाएपछि सवै पार्टीमा केहि कार्यकर्ता रूष्ट भएका छन कुनै कुनै ठाँउमा बबाल मच्चाएर भाँडभैलो भएको छ । तर, एक उम्मेदवार दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचीमा परेकी छिन् ।

दाङकी गंगा चौधरी सत्गौवा एमाले र नयाँ शक्ति पार्टीको समानुपातिक सूचीमा छिन् । शुरुमा चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि उनी एमालेबाट पनि सिफारिसमा परेकी छिन् ।

निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको सूचिमा चौधरीको नाम एमाले र नयाँ शक्ति दुवैको सूचीमा परेको छ ।

थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकबाट गंगा चौधरी सत्गौवा गत फागुन २ गते नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । त्यसबेला उनी संसद समेत थिइन् । संसदमा उनले नयाँ शक्तिको प्रतिनीधित्व गरेकी थिइन् ।

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले कुनै उम्मेद्वार दुई वटा पार्टीबाट सिफारिस भएको पाइए दुवैतिर स्वत: रद्द हुने बताएका छन ।

हिजो मात्रै कोमल वलीले आफुलाई टिकट नदिएर एमालले धोका दिएको भनेकी थिइन् भने त्यहि क्षेत्रमा नै गंगा दुइ पार्टीबाट उम्मेद्वार ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...