गंगा चौधरी एमाले र नयाँ शक्तिको समानुपातिक सूचीमा,यसरीमा धरापमा पर्यो उम्मेद्वारी दुवैतिर स्वत: रद्द हुने



हाम्रो इकोनोमि

टिकट नपाएपछि सवै पार्टीमा केहि कार्यकर्ता रूष्ट भएका छन कुनै कुनै ठाँउमा बबाल मच्चाएर भाँडभैलो भएको छ । तर, एक उम्मेदवार दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचीमा परेकी छिन् ।

दाङकी गंगा चौधरी सत्गौवा एमाले र नयाँ शक्ति पार्टीको समानुपातिक सूचीमा छिन् । शुरुमा चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि उनी एमालेबाट पनि सिफारिसमा परेकी छिन् ।

निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको सूचिमा चौधरीको नाम एमाले र नयाँ शक्ति दुवैको सूचीमा परेको छ ।

थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकबाट गंगा चौधरी सत्गौवा गत फागुन २ गते नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । त्यसबेला उनी संसद समेत थिइन् । संसदमा उनले नयाँ शक्तिको प्रतिनीधित्व गरेकी थिइन् ।

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले कुनै उम्मेद्वार दुई वटा पार्टीबाट सिफारिस भएको पाइए दुवैतिर स्वत: रद्द हुने बताएका छन ।

हिजो मात्रै कोमल वलीले आफुलाई टिकट नदिएर एमालले धोका दिएको भनेकी थिइन् भने त्यहि क्षेत्रमा नै गंगा दुइ पार्टीबाट उम्मेद्वार ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...