गुल्मीमा शुरु भयो चुनावी रौनक, प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले जित्ने निश्चित



हाम्रो इकोनोमि

 

 

 

आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको मनोनय गरे लगत्तै गुल्मीमा बिभिन्न पार्टीका उम्मेदवारहरु गाउँगाउँमा मतमाग्न सुरु गरेका छन् । बिहिवार मनोनयन गरेपछी शुक्रवार गाउँगाउँमा पुगेका उम्मेदवारले शनिवार बिहानैबाट जनताको घरदैलोमा व्यास्त बन्न थालेका छन् । वाम गठबन्धनका तर्फबाट उमेद्दवार बनेका प्रदिप ज्ञवाली र गोकर्ण बिष्टको जित शुनिश्चित भएको छ । प्रदिप ज्ञवाली गुल्मी १ बाट र गोकर्ण बिष्ट गुल्मी २बाट उमेद्दबार छन ।

उम्मेदवारहरु गाउँगाउँमा पुग्न थालेसँगै चुनावी माहोल पनि सृजना हुनथालेको छ । दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा क्षेत्र रहेको गुल्मीमा झण्डै ४ दर्जन वढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गुल्मीमा बाम गठबन्धन र काँग्रेसका उम्मेदवारका बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ । गुल्मीमा बाम गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा प्रदिप ज्ञवालीसँग चन्द्र भण्डारी र क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा तर्फ गोकर्ण बिष्टसँग चन्द्रकेसी बिच प्रतिस्पर्धा हुँदै छ ।

 

बाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका प्रदिप ज्ञवालीले रुरु गाउँपालिका रिडीबाट चुनावी अभियान सुरु गरेका छन् । रुरु गाउँपालिका रिडीमा बाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गरि चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । उनले जनतासँग पुराना कामहरुसँगै नयाँ बिकासमा मोडलहरु सहित चुनावी अभियानमा जुटेको बताएका छन् । जनताले साना भन्दा साना बिकासका माग राख्ने गर्दछन् ज्ञवालीले भने ‘हामीले ति मागहरु सहित नयाँ योजनाहरु पनि जनतामाझ राख्नेछौं ।’

बाम गठबन्धनबाट क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार गोकर्ण बिष्टले मुसिकोट नगरपालिकाको कुर्घाबाट चुनावी घरदैलो सुरु गरेका छन् । उनले घरदैलो अभियान अन्र्तगत प्रत्यक्ष जनाहरुसँग अन्र्तक्रिया गर्ने बताए । बिष्टले चुनावी अभियानमा भाषण भन्दा जनतासँग बसेर प्रत्यक्ष समस्याहरु बुझने र अभिमत ल्याउने गरि घरदैलो अभियान सुरु गरेको बताए । उनले भाषण भन्दा पनि जनताको अधिकतम साना समस्याहरु देखि ठुला समस्याहरुको बारेका अन्र्तक्रिया गर्ने र आफनो तर्फबाट चुनावी प्रतिबद्धताहरु जनतामाझ राख्ने बताए ।

बाम गठबन्धनसँग एक्लै प्रतिस्पर्धामा उत्रिएको नेपाली काँग्रेसबाट गुल्मी क्षेत्र नम्बर १को प्रतिनिधी सभा तर्फ उम्मेदवार बनेका चन्द्र भण्डारीले आफनै गाउँपालिका छत्रकोट गाउँपालिकाको हुँगाबाट चुनावी घरदैलो सुरु गरेको बताए । जनतासँग अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धाहरुको बारेमा बुझाउँदै आगामी निर्वाचनमा मतदिनुको अर्थ बारे प्रष्टपार्दै घरदैलोमा पुग्ने बताए । गरेका कामहरु जनतामाझ राख्ने र नयाँ योजनाहरु पनि जनतासँग लगेर घरदैलोमा पुग्ने बताए । काँग्रेसबाट क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा तर्फ उम्मेदवार बनेका चन्द्र केसीले केहि दिनमा घरदैलो अभियान सुरु गर्ने जनाएका छन् । उनि २०५६ सालमा सम्पन्न निर्वाचनमा एमालेका प्रदिप ज्ञवालीसँग चुनावी प्रतिस्पर्धामा थिए । त्यसबेला उनि पराजित भएका थिए । चन्द्र केसी गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्दैछन् । बिष्ट गुल्मीबाट २०५६ सालमा र २०७० सालमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका थिए ।

जिल्लामा प्रदेस सभा तर्फ क्षेत्र नम्बर १ को क बाट बाम गठबन्धनका उम्मेदवार सुर्दशन वलालसँग पृथ फौजदार खबाट कमल श्रेष्ठसँग धनेन्द्र कार्की प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ को कबाट बाम गठबन्धनका उम्मेदवार खड्ग केसीसँग शालिक पन्थी र खबाट दिनेश पन्थीसँग छन्दबहादुर पहराई बिच प्रतिस्पर्धा हुनेभएको छ । अन्यदलबाट पनि उम्मेदवारहरुको मनोनय दर्ता भएपनि मुख्य गरि २ दलका उम्मेदवार बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...