चितवन क्षेत्र नं. १ प्रदेश (क) मा दावा दोर्जे लामाको उम्मेदवारी



हाम्रो इकोनोमि

आगामी मंसिर २१ मा हुने प्रदेश सभा सभाको निर्वाचनका लागि चितवन क्षेत्र नं। १ (क) बाट दावादोर्जे लामाले उममेदवारी दिएका छन् । आज उनले प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका हुन । उनी लामो समयदेखि त्यही क्षेत्रलाई कार्यक्षेत्र बनाई काम गरिरहेका व्यक्ति हुन ।

उनी त्यस क्षेत्रमा रही विकास निर्माणका साथै जनताका समस्यालाई निराकरण गर्नका लागि पनि रातदिन लागिरहेका व्यक्तिको रुपमा परिचित रहेका छन् । उनले विगत ३० वर्ष यता नेकपा एमाले पार्टीमा रही पार्टीको साधारण सदस्य सँगै पार्टीले दिएको विभिन्न जिम्मेवारीहरु कुशलताका साथ निर्वाह पनि गर्दै आईरहेका छन् ।

उनी स्थानीय जनताहरुले औधि रुचाईएको ब्यक्तिका रुपमा त्यस क्षेत्रमा परिचित रहेका छन् । लामालाई चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क को क्षेत्रीय समन्वय कमिटीका साथै नेकपा एमाले चितवन जिल्ला कमिटीले प्रदेश नम्बर ३ को प्रदेश संगठन कमिटीका सदस्य,नेपाल लोकतान्त्रिक तामांग संघका केन्द्रिय अध्यक्ष समेत रहेका दवादोर्जे लामा प्रदेश सभा सदस्यका लागी नेकपा एमालेका तर्फ बाट उम्मेदवार शिफारिश गरिएको थियो ।

जन पक्षीय नेताका रुपमा चिनिएका चर्चित तथा लोकप्रिय नेतालाई उम्मेदवार भए पछी चितवन क्षेत्र नम्बर १ का जनता उत्साहित बनेका छन। प्रदेश सभाको उम्मेदार सिफारिश भएका लामाले आफुलाई उम्मेदार सिफारिश गर्ने कमिटीका सबै सदस्यलाई धन्यवाद ज्ञापनका साथै आफू निर्वाचित भएपछि आम जनता र समग्र क्षेत्रको विकासको लागि हरदम लागिरहने प्रतिकृया एिका छन।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...