क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने



हाम्रो इकोनोमि

चितवनमा बिहीबारदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिए ।

चितवनको क्यान्सर असपतालमा कात्तिक १६ देखि १८ गतेसम्म आयोजना हुने उक्त सम्मेलनमा करिब ३०० विशेषज्ञ चिकित्सकको सहभागिता रहने जनाइएको छ ।

डा रौनियारका अनुसार सम्मेलनमा भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका २० भन्दाबढी विदेशी विशेषज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा अनुभव आदानप्रदान गरिने र विश्वमा पछिल्लो समयमा विकास भएको उपचार प्रविधिका बारेमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिए ।

चितवनको क्यान्सर अस्पतालमा हुन लागेको उक्त सम्मेलनमा क्यान्सर क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकले गरेको अध्ययन अनुसन्धान समेटिएको कार्यपत्रहरुसमेत प्रस्तुत हुनेछन् । सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको यसअघिको तीन वटा सम्मेलन काठमाडाँैमा भएको थियो । यसपटक भने राजधानी बाहिर सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनको भोलि क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले उद्घाटन गर्नेछिन् । पत्रकार सम्मेलनमा क्यान्सर अस्पताल चितवनका चिकित्सक डा विनय ठाकुरले सम्मेलनबाट क्यान्सर रोगको उपचारमा थप सहयोग पुग्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...