क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने



हाम्रो इकोनोमि

चितवनमा बिहीबारदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिए ।

चितवनको क्यान्सर असपतालमा कात्तिक १६ देखि १८ गतेसम्म आयोजना हुने उक्त सम्मेलनमा करिब ३०० विशेषज्ञ चिकित्सकको सहभागिता रहने जनाइएको छ ।

डा रौनियारका अनुसार सम्मेलनमा भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका २० भन्दाबढी विदेशी विशेषज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा अनुभव आदानप्रदान गरिने र विश्वमा पछिल्लो समयमा विकास भएको उपचार प्रविधिका बारेमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिए ।

चितवनको क्यान्सर अस्पतालमा हुन लागेको उक्त सम्मेलनमा क्यान्सर क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकले गरेको अध्ययन अनुसन्धान समेटिएको कार्यपत्रहरुसमेत प्रस्तुत हुनेछन् । सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको यसअघिको तीन वटा सम्मेलन काठमाडाँैमा भएको थियो । यसपटक भने राजधानी बाहिर सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनको भोलि क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले उद्घाटन गर्नेछिन् । पत्रकार सम्मेलनमा क्यान्सर अस्पताल चितवनका चिकित्सक डा विनय ठाकुरले सम्मेलनबाट क्यान्सर रोगको उपचारमा थप सहयोग पुग्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...