सरकारले निशुल्क वितरण गर्ने पारासिटामोल गुणस्तरहीन



हाम्रो इकोनोमि

नेपाल सरकारले निशुल्क रुपमा वितरण गदै आएको पारासिटामोल पाचँ सय एमजिको(सिटोफिन) नाम गरेको औषधी गुणस्तरहीन भएको पाईएको छ।
स्वास्थ्य अनुसन्धान परिषद्ले वुधवार राजधानीमा सार्वजनिक गरेको अनुसन्धान रिपोटले यस बाहेक अन्य ८ प्रकारका औषधी पनि गुणस्तरहीन भएको पाईएको हो । रिपोटअनुसार नेपाल सरकारले निशुल्क वितरण गर्ने दुई वटा औषधी र निजि क्षेत्रले वितरण गर्ने छ प्रकारका औषधी गुणस्तर रहेको पाईएको हो ।
त्यसैगरी एउटा औषधीको ब्रान्डअनुसार छुटाछुटै मुल्य रहेको पाईएको अनुसन्धानले देखाएको छ। ताम्सुलोसन शुन्य दशमलव चार एम जी क्याप्सुल, सिफिक्मी दुई सय एमजी ट्यावलेट, एमोलोडिपिन पाचँ एमजी ट्यावलेटमा लगभग चार सय प्रतिशत सम्मको मुल्य अन्तर भएको पाईएको छ । परिषद्ले तीन विकास क्षेत्रको नब्बे वटा स्वास्थ्य संस्थाहरु प्रत्येक जिल्लाबाट एक जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य उपचार केन्द्र र चार वटा स्वास्थ्य चौकीको अनुसन्धान गरेको थियो । त्यसैगरि हरेक जिल्ला अस्पतालबाट पचास र प्रत्येक स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चौकीबाट तिस जनाको जाच गरेर फकिएका बिरामीसँग कुरा गरिएको थियो । भने दर्ता भएको नीजि तिन फार्मेसीहरु मध्येबाट दश वटा औषधीको र पाचँ भिन्न ब्राण्डहरु र स्वास्थ्य संस्थाहरुले निशुल्क वितरण गर्ने औषधीको आधारमा यो अनुधान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...