सरकारले निशुल्क वितरण गर्ने पारासिटामोल गुणस्तरहीन



हाम्रो इकोनोमि

नेपाल सरकारले निशुल्क रुपमा वितरण गदै आएको पारासिटामोल पाचँ सय एमजिको(सिटोफिन) नाम गरेको औषधी गुणस्तरहीन भएको पाईएको छ।
स्वास्थ्य अनुसन्धान परिषद्ले वुधवार राजधानीमा सार्वजनिक गरेको अनुसन्धान रिपोटले यस बाहेक अन्य ८ प्रकारका औषधी पनि गुणस्तरहीन भएको पाईएको हो । रिपोटअनुसार नेपाल सरकारले निशुल्क वितरण गर्ने दुई वटा औषधी र निजि क्षेत्रले वितरण गर्ने छ प्रकारका औषधी गुणस्तर रहेको पाईएको हो ।
त्यसैगरी एउटा औषधीको ब्रान्डअनुसार छुटाछुटै मुल्य रहेको पाईएको अनुसन्धानले देखाएको छ। ताम्सुलोसन शुन्य दशमलव चार एम जी क्याप्सुल, सिफिक्मी दुई सय एमजी ट्यावलेट, एमोलोडिपिन पाचँ एमजी ट्यावलेटमा लगभग चार सय प्रतिशत सम्मको मुल्य अन्तर भएको पाईएको छ । परिषद्ले तीन विकास क्षेत्रको नब्बे वटा स्वास्थ्य संस्थाहरु प्रत्येक जिल्लाबाट एक जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य उपचार केन्द्र र चार वटा स्वास्थ्य चौकीको अनुसन्धान गरेको थियो । त्यसैगरि हरेक जिल्ला अस्पतालबाट पचास र प्रत्येक स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चौकीबाट तिस जनाको जाच गरेर फकिएका बिरामीसँग कुरा गरिएको थियो । भने दर्ता भएको नीजि तिन फार्मेसीहरु मध्येबाट दश वटा औषधीको र पाचँ भिन्न ब्राण्डहरु र स्वास्थ्य संस्थाहरुले निशुल्क वितरण गर्ने औषधीको आधारमा यो अनुधान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...