कालोसूचीमा नरहेका बंगलादेशका कलेजमा नेपाली विद्यार्थी जान सक्ने



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो ।

शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमितरुपमा नेपाली विद्यार्थी जान सक्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।

बंगलादेश सरकारले गुणस्तर र पूर्वाधारका विषयमा प्रश्न उठेपछि ती २१ कलेजमा भर्नामा रोक लगाइएको हो । बंगलादेशमा करिब १५० मेडिकल कलेज छन् । बंगलादेशमा हाल करिब दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत छन् । नेपालका ३० शैक्षिक परामर्श केन्द्रले बंगलादेशका विश्वविद्यालयसँग काम गर्छन् ।

बंगलादेश जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको समयमा सबै कलेजमा पढ्न नपाउने भन्ने प्रकारको भ्रममा नपर्न संघले आग्रह गरेको छ । इक्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेकाअनुसार हरेक वर्ष करिब ५०० विद्यार्थी एमबिबिएस अध्ययनका लागि बंगलादेश जाने गर्छन् ।

संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले हाल कालोसूचीमा रहेका केलज बन्दको अवस्थामा नरहे पनि अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना केही समयका लागि रोकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बासुदेव दाहाल– अब्बल शैक्षिक परामर्शकर्मी, इक्यान उपाध्यक्षका उम्मेदवार

    शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वमा उपाध्यक्ष पदका प्रत्यासी बासुदेव...

रोल्पामा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

    राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...