नेपाल ईन्टरनेशनल सेरिजमा १९ राष्ट्र सहभागी हुने



काठमाण्डौ । बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोगमा तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल ईन्टरनेशनल सेरिज २०१७ ब्याडमिन्टन प्रतियोगिता पौष महिना हुने भएको छ ।

डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहित एशिया तथा अमेरिकाका गरि १९ राष्ट्रको सहभागिता रहने छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा अष्ट्रेलिया, बंगलादेश, भुटान, हङ्गकङ्ग, भारत, ईन्डोनिसिया, ईरान, जोर्डन, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान, सिंगापुर, सिरिया, थाईल्याण्ड, भियतनाम र चिलीका २२५ खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव तथा सिरिका डेपुटी रेफ्री लवभक्त श्रेष्ठले जानकारी गराए ।

८ हजार डलर पुरस्कार राशीको प्रतियोगितामा महिला÷पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा गराइने छ । २५३ म्याच रहेको प्रतियोगितामा पुरुष एकलमा ११३ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै महिला एकलमा ५१, पुरुष जोडीमा ४३ जोडी, महिला जोडीमा १८ जोडी र मिस्क जोडीमा ३३ जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

    घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको