एक शिक्षक पक्राउ



हाम्रो इकोनोमि

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकामा कार्यरत शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार साँझ पक्राउ गरेको छ ।

जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको हो ।

शिक्षक धनञ्जयका भाइ शंकरजय मल्लका अनुसार मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबाट गिरफ्तार गरिएको बताएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरे पक्राउ परेका मल्ललाई केही सार्वजनिक अपराधमा मुद्दा चलाइने बताउनुभयो । उहाँका अनुसार आगामी निर्वाचनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन केही शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा मल्ललाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...