नेपाल युएईसँग पाँच रनले पराजित



काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमा समेटियो । युएईको जितमा नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान रुविना क्षेत्रीले तीन, रितु कनौजियाले दुई तथा नेरी थापाले एक विकेट हात पारे ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि रितु कनौजियाले सर्वाधिक २२ रनको योगदान दिइन् । तेइस बल खेलेकी कनौजियाले दुई चौका प्रहार गरिन । ज्योति पाण्डेले १२, काजोल श्रेष्ठले ८, सीता रानामगरले ७, करुणा भण्डारीले ६ तथा सरिता मगरले ५ रन जोडे ।

नेपालले आफ्नो चौथो खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ । राउण्ड रोविनको आधारमा भइरहेको उक्त खेलमा लिगको शीर्ष दुई टोली आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफायर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस
६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन्

प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

    घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको