‘नेपालभित्र सधैं मधेस रहनुपर्ने बाध्यता छैन’ भन्दै राजपा नेपालका नेताहरु यसरी माग्दैछन् भोट



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चुनावी घोषणापत्रमा ‘नेपालभित्र सधै मधेस रहनुपर्ने बाध्यता नहुने’ प्रस्तावनामा उल्लेख गरेको छ।

महोत्तरीको जलेश्वरमा आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपाल ‘बहुराष्ट्रिय देश’ भएको समेत उल्लेख गरेको छ। एक राज्य एक राष्ट्र हुनुपर्ने धारणा आदर्शवादी भए पनि सधै व्यावहारिक नहुने राजपाको धारणा छ। राज्यले राजनीतिक संरचनाको संकेत गर्ने र राष्ट्रले भौगोलिक, जातीय, भाषिक एवं अन्य सांस्कृतिक समानता भएका समुदायहरुलाई बुझाउने गरेको घोषणापत्रमा उल्लेख छ।

राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहजातीय, बहुधार्मीक, बहुसांस्कृतिक र बहुराष्ट्रय देश रहेको छ।’ नेपालको दक्षिणतिरको समथर भूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली भए पनि ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि भएको घोषणापत्रमा उल्लेख छ।

सो समुदायको भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान भारत, मरिसस र अन्य देशका समुदायसँग मेल खान सक्ने घोषणापत्रमा उल्लेख छ।
यसअघि मधेस अभियान्ताका रुपमा सिके लालले तराई-मधेसको भूभागलाई छुट्टै राष्ट्र घोषणा गर्नुपर्ने बताउँदै आएका थिए। उनको अभिव्यक्तिसँग मिल्ने गरी राजपाले आफ्नो धारणा घोषणापत्रमा समेटेको छ।

एउटा सार्थक, समावेशी र संघीय संविधान बनाएर राज्य निर्माणको कार्यलाई विधिवत रुपमा संस्थागत गर्न सकिने अवस्था रहे पनि दलहरुको असमावेशी चरित्र, संकीर्ण र नश्लीय सोचले त्यो अवसर गुमाएको भन्दै उसले संघर्ष र विरोधको नयाँ बाटो खोलिदिएको जनाएको छ।

तपाईंहरुको घोषणापत्र सिके राउतको अभिव्यक्तिसँग किन मेल खायो? भन्ने प्रश्नमा राजपा महासचिव मनिष झाले घोषणापत्रको बचाउ गर्दै ‘अखण्ड देशभित्र आफ्नो पहिचान खोजेको’ रुपमा बुझ्नुपर्ने संक्षिप्त जवाफ दिए।
अलग्गै राष्ट्र भन्दा पनि सबैको भावना समेटिने सिंगो देशभित्रको सानो भूभागको रुपमा घोषणापत्रमा राखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...

नेपाली अर्थराजनितिका मियो, लोकप्रिय नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

      हेमराज सिलवाल एमालेको उपाध्यक्ष एवम नेपाल सरकारको पूर्वअर्थमन्त्री पाण्डेले नेकपा...

एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...