विद्युतीय पुस्तकालय सञ्चालन



हाम्रो इकोनोमि

पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ ।

आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।

चन्दादाताबाट रु तीन लाख ४८ हजार, जिल्ला शिक्षा कार्यालयबाट रु दुई लाख ४० हजार तथा आयरल्याण्डका नेपाली र अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिनुभयो ।

विद्युतीय पुस्तकालयमा १५ वटा कम्प्युटर राखिएको छ । पुस्तकालय स्थापनाको लागि पूर्वी चितवनको वीरेन्द्रनगर घर भएका नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कँडेलको पहलमा आर्थिक संकलन गरिएको थियो ।

नेपाल आयरल्याण्ड समाजले १५ जना गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षका लागि चाहिने छात्रवृत्तिसमेत वितरण गरेको चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...

कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षक महासंघको धर्ना

     नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ...

त्रिविको आंशिक शुल्क घटाउने सहमति

    त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा स्तरीकरणको माग गर्दै विगत ३४ दिनदेखि आन्दोलनरत...