विद्युतीय पुस्तकालय सञ्चालन



हाम्रो इकोनोमि

पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ ।

आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।

चन्दादाताबाट रु तीन लाख ४८ हजार, जिल्ला शिक्षा कार्यालयबाट रु दुई लाख ४० हजार तथा आयरल्याण्डका नेपाली र अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिनुभयो ।

विद्युतीय पुस्तकालयमा १५ वटा कम्प्युटर राखिएको छ । पुस्तकालय स्थापनाको लागि पूर्वी चितवनको वीरेन्द्रनगर घर भएका नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कँडेलको पहलमा आर्थिक संकलन गरिएको थियो ।

नेपाल आयरल्याण्ड समाजले १५ जना गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षका लागि चाहिने छात्रवृत्तिसमेत वितरण गरेको चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
बासुदेव दाहाल– अब्बल शैक्षिक परामर्शकर्मी, इक्यान उपाध्यक्षका उम्मेदवार

    शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वमा उपाध्यक्ष पदका प्रत्यासी बासुदेव...

रोल्पामा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

    राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...