आगलागीमा परि तेह्रको मृत्यु



हाम्रो इकोनोमि

उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् ।

यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए ।

पञ्जावको राजधानी चेन्नईदेखि १०० किलोमिटर टाढा पर्ने मुस्ताक नगरमा रहेको सो प्लाष्टिक कम्पनीमा भएको आगलागी नियन्त्रणको लागि ५० भन्दा बढी अग्नीनियन्त्रकहरुको सहभागीता रहेको थियो ।

आगलागी भएको भवनको भग्नावशेषबाट केही व्यक्ति र केही अग्नी नियन्त्रकसमेत गरी १३ जनाको शव निकालेको लुधियानाका प्रहरी उपनिरीक्षकले बताउनु भएको छ ।

सो घटानामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

आगलागी भएको कारखानाभित्र पुरिएकाहरूलाई बाहिर निकाल्नका लागि अन्य उद्वारकर्ताहरू अर्धसैन्य सुरक्षाकर्मीहरू लगायतलाई परिचालन गरिएको छ ।

पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्द्र सिंह मङ्गलबार घटनास्थल पुग्नु भएको र मृतकको परिवार र घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नको लागि आदेश दिएको बताएको छ ।

यस घटनाको अनुसन्धानको लागि पनि सिंहले आदेश दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...