युएईसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, अनिल र नरेश टिममा परेनन्



हाम्रो इकोनोमि

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत युएईसँग खेल्न बन्द प्रशिक्षणमा रहने २० सदस्य नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

विश्व क्रिकेट लिगअन्तर्गत अन्तिम चरणको खेलमा युएईसँग उसकै मैदानमा दुईवटा एक दिवसीय खेल खेल्न जाने नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ ।

पहिलो चरणमा २७ खेलाडी छनोट गर्दै प्रशिक्षण शुरु गरेको नेपालले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बिनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, सागर पुन र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन् ।

यस्तै, जितेन्द्र मुखिया, आरिफ शेख, अनिल कुमार साह, दिलिप नाथ, हासिम अन्सारी, कुशल भुर्तेल, सुशील कँडेल, आसिफ शेख र रोहित कुमार पौडेलले पनि टोलीमा स्थान सुरक्षित गरेका छन् ।

पहिलो चरणको प्रशिक्षणमा सामेल नरेश बुढाऐर, अनिल मण्डल, सुसन भारी, सुनिल धमला र बिक्रम सोबले भने टोलीमा स्थान बनाउन सकेनन् ।

उता, चोटका कारण मेहबुब आलम र सौरभ खनालले टोलीबाट नाम फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...