चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश



हाम्रो इकोनोमि

चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश बनेको छ । संसारको जुनसुकै ठाउँमा प्रहार गर्न सकिने मिसाइल चीनमा तयार भएको छ। चीनले अब यो मिसाइललाई सेनामा सामेश गर्ने भएको छ ।

सोमबार प्रकाशित एक मिडिया रिपोर्टमा उल्लेख भएअनुसार चाइना आम्र्स कन्ट्रोल एण्ड डिसआर्मामेन्ट एसोसिएसनका बरिष्ठ सल्लाहकार शु गुआंगु ने ले अब यो मिसाइल सेनामा समावेश गरिने बताएका हुन्। चीनको सरकारी मिडिया हाउस ग्लोबल टाइम्सका अनुसार २०१२ मा यो मिसाइल बनाउने घोषणा गरिएको थियो।

‘डोंगफेंग–४१’ नामको यो मिसाइलको घोषणापछि अहिलेसम्म आठ पटक परीक्षण गरिएको छ र सबै परीक्षण सफल रहेका छन् । सबै परीक्षण सफल भएपछि अब यसलाई सेनामा समावेश गर्ने तयारी गरिएको छ। रुसी मिडियाको रिपोर्टअनुसार यो मिसाइल अमेरिकाको दबाब बढिरहेका कारण बनाइएको हो । यो मिसाइलले अमेरिका र युरोपका सबै ठाउँमा निशाना लगाउन सक्छ।

रिपोर्टका अनुसार यो मिसाइलले एकैपटक १० वटा न्यूक्लियर वारहेड प्रहार गर्न सक्छ। यी १० वारहेडले १० फरक फरक ठाउँमा निशाना लगाउन सकिन्छ। १२ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने यो मिसाइल दुश्मनको मिसाइल डिफेन्स सिस्टमलाई पनि झुक्याउन सक्छ । यसको गति १२ हजार ९ सय किलोमिटर प्रतिघण्टा भन्दा पनि बढी छ । यो गतिमा प्रहार गर्दा यसलाई राडारले पनि भेट्टाउन गाह्रो हुन्छ

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...