विदेसिएकालाई रोजगार बचतपत्र खुल्यो, १० प्रतिशत व्याज पाईने



काठमाण्डौं । बैंक ऋण व्यवस्थापन विभागले विदेसिएका र गैर आवासीय नेपाली नागरिकका लागि लक्षित गर्दै बचतपत्र ल्याएको छ।

पाँच वर्षे यस्तो बचतपत्रमा रकम लगानी गर्नेले वार्षिक १० प्रतिशतले व्याज पाउने छन्। यो कुल ५० करोड रुपैयाँको बचतपत्र हो। यसमा घटीमा ५ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ। बढीमा सबै रकमका लागि आवेदन दिन पाइनेछ।

राष्ट्र बैंकका अनुसार मुलुकबाहिर रोजगारमा रहेका र रोजगारबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिकले यस्तो बचतपत्रमा लगानी गर्न पाउने छन्। त्यस्तै गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्ने छन्।

बचतपत्रको मंसिर १० गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला हुनेछ। पुस ५ देखि निश्कासन हुने बचतपत्रको लगानी रकम २०६९ पुस ५ गते फिर्ता हुनेछ।

नेपाल राष्ट्र बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी लगानीकर्ताले नजिकका वाणिज्य बैंक, बजार निर्माताको इजाजत लिएका बैंक तथा वित्तीय संस्था र काठमाडौं उपत्यकाबाहिर राष्ट्र बैंकका कार्यालयमा बुझाउन सक्नेछन्। बुझाएकै कार्यालयबाट ६–६ महिनामा व्याज लिन सक्नेछन्।

यस्तो बचतपत्र किनिसकेपछि यो बचतपत्रलाई बैंकहरुमा धितो राखेर पछि ऋण चाहिएको अवस्थामा निकाल्न सकिनेछ। बचतपत्रको जोखिम अन्य प्रत्याभूतको तुलनामा जोखिम न्यून हुन्छ।

प्रतिक्रिया दिनुहोस
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

खाडी मुलुकका उडान रद्द, विमानस्थलमै अलपत्र यात्रु

    खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र

८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम टिपाए

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट