विदेसिएकालाई रोजगार बचतपत्र खुल्यो, १० प्रतिशत व्याज पाईने



हाम्रो इकोनोमि

काठमाण्डौं । बैंक ऋण व्यवस्थापन विभागले विदेसिएका र गैर आवासीय नेपाली नागरिकका लागि लक्षित गर्दै बचतपत्र ल्याएको छ।

पाँच वर्षे यस्तो बचतपत्रमा रकम लगानी गर्नेले वार्षिक १० प्रतिशतले व्याज पाउने छन्। यो कुल ५० करोड रुपैयाँको बचतपत्र हो। यसमा घटीमा ५ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ। बढीमा सबै रकमका लागि आवेदन दिन पाइनेछ।

राष्ट्र बैंकका अनुसार मुलुकबाहिर रोजगारमा रहेका र रोजगारबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिकले यस्तो बचतपत्रमा लगानी गर्न पाउने छन्। त्यस्तै गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्ने छन्।

बचतपत्रको मंसिर १० गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला हुनेछ। पुस ५ देखि निश्कासन हुने बचतपत्रको लगानी रकम २०६९ पुस ५ गते फिर्ता हुनेछ।

नेपाल राष्ट्र बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी लगानीकर्ताले नजिकका वाणिज्य बैंक, बजार निर्माताको इजाजत लिएका बैंक तथा वित्तीय संस्था र काठमाडौं उपत्यकाबाहिर राष्ट्र बैंकका कार्यालयमा बुझाउन सक्नेछन्। बुझाएकै कार्यालयबाट ६–६ महिनामा व्याज लिन सक्नेछन्।

यस्तो बचतपत्र किनिसकेपछि यो बचतपत्रलाई बैंकहरुमा धितो राखेर पछि ऋण चाहिएको अवस्थामा निकाल्न सकिनेछ। बचतपत्रको जोखिम अन्य प्रत्याभूतको तुलनामा जोखिम न्यून हुन्छ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

नाडा अटो शो २०२६ को तयारी पूरा, दुई स्थानमा पार्किङ

    काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि सञ्चालन हुन लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा...

पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...