पर्यटन क्षेत्र व्यवस्थित गर्न १६ बुँदे ‘आचारसंहिता’ जारी



हाम्रो इकोनोमि

चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् ।

ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् ।

क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको संयुक्त भेलाले सो निर्णय गरेको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा कुनै मेला महोत्सवबाहेक जाडो समयमा राति ११ बजेसम्म र गर्मी समयमा १२ बजेसम्म होटल रेष्टुराँ सञ्चालन गर्ने उल्लेख छ ।

पर्यटकलाई बीच बाटोमा रोकेर हात्ती, जिप सफारी तथा होटलको कोठा बेच्न नपाउने, पर्यटन क्षेत्रका बाटोघाटोमा गाडी रोक्न नपाउने, पोशाकमा आएका विद्यार्थीका लागि जिम्मेवार अभिभावक नभएसम्म कोठामा बस्न नदिने, स्वीमिङ पुलमा अनिवार्यरुपमा लाइफ ज्याकेट राख्ने, अनुमति बिना ड्रोनको प्रयोग गर्न नदिने गरी आचारसंहिता बनाइएको छ ।

आगामी पुस १ गतेदेखि भने सौराहालाई हर्न निषेध क्षेत्र घोषणा गरिने तयारीसमेत गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । चितवनको सौराहामा ११० सुविधायुक्त होटल छन् भने झण्डै ६० वटा रेष्टुराँ रहेका छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस
विश्व कीर्तिमानी फुर्वा तेन्जिङ शेर्पा हिम पहिरोमा बेपत्ता

    दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा पुरिएर सगरमाथाको...

उपल्लो मुस्ताङमा ५५० बढी पर्यटक रोकिए, सञ्चारसम्पर्क विच्छेद

    भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ...

प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा...

ओभरसुट गरेको थाई लायनको जहाज लखनऊ डाइभर्ट

     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत...