थाइल्याण्डद्वारा नेपाललाई ९१ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा आयोजक थाइल्याण्डले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । नेपालले राम्रो बलिङ गरेपछि थाइल्याण्ड सस्तैमा समेटिएको हो ।

बैंककस्थित टेर्डथाई मैदानमा टस नेपालले जितेपछि थाईल्याण्डले ब्याटिङ गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनाएको थियो । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिए ।

नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए । नेपालले केहिबेरमा ब्याटिङ थाल्नेछ ।

नेपाल आफ्नो पहिलो खेलमा नै घरेलु टिमलाई पराजित गर्दै सुखद सुरुवात गर्ने रणनीतिमा छ । नेपाली टिमले विश्वकप छनोटको लागि लक्षित गर्दै बंगलादेश भ्रमण गरेको थियो । बंगलादेशबाट सिदै नेपाली टिम थाइल्याण्ड प्रस्थान गरेको हो ।

सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसंगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।