एमाले तराई /मधेश विरोधि पार्टी नभएको अध्यक्ष ओलीको तर्क



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई /मधेश विरोधि पार्टी नभएको स्पष्ट पार्नुभएको छ ।

विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफू प्रम भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा वजेट विनियो गरिएको जानकारी दिनुभयो ।

उहाँले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकरण्भिट्टादेखि सुनसरीको कोशी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण , विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई स्वागत समेत गर्नुभएको थियो ।
नेकपा माओवादी (केन्द्र) मोरङका अध्यक्ष गोपी अछामीको सभापतित्वमा सम्पन्न भएको सो सभामा मोरङ क्षेत्र नं ४ का नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी र क्षेत्र नं ४ प्रदेश ९२० का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले अव बन्ने वाम गठबगन्धन सरकारले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...