आगलागीमा परी १९ को मृत्यु



हाम्रो इकोनोमि

चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् ।
उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो ।

स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन् । सो आवासीय घरमा भएको यस आगलागीको घटनाको बारेमा अनुसन्धान सुरु गरिएको र यसमा संलग्नताको आशङ्कामा केहीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...