एक मात्र छोरो गुमाए पछी प्रचण्ड यसरी रुँदै पुगे नर्भिक अस्पताल



हाम्रो इकोनोमि

चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं आइपुगेका हुन्। प्रचण्ड रुँदै छोरा प्रकाशको शव राखिएको नर्भिक अस्पताल आइपुगेका हुन्। प्रचण्डसँगै प्रकाशकी दिदी रेणू पनि अस्पताल पुगेकी छिन्।

नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकको घुइँचो लागेको छ। अस्पताल पुगेका आफन्तजन भावविह्वल छन्।

प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

पुत्र प्रकाशको निधन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता बेहोस भएकी छिन्।

आफ्नै निवास लाजिम्पाटमा बेहोस भएपछि चिकित्सकहरुको टोली अहिले उनको घरमा पुगेको छ।

अस्पतालमा पुर्यानउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...