छोराको मृत शरीर हेर्न प्रचण्ड नर्भिक अस्पतालमा, दुवै बुहारी अचेत,रुवाबासीले यस्तो सन्नाटा छायो नर्भिकमा



हाम्रो इकोनोमि

छोरा प्रकाश दाहालको असामयीक मृत्यु भएपछि झापाबाट काठमाडौँ फर्किएका बाबु पुष्पकमल दाहाल प्रचण्ड र आमा सीता दाहाल नर्भिक अस्पताल पुगेका छन्।

प्रचण्ड र सीता दाहाल मध्यान्न १२ बजे अस्पताल पुगेका हुन्।चुनावी अभियानका लागि झापा पुगेका प्रचण्ड आइतबार बिहान काठमाडौँ फर्किएका हुन्। काठमाडौँ फर्केपछि सिधैँ लाजिम्पाटस्थित निवासमा पुगेर पत्नी सीता दाहालसँग घटनाको बारेमा जानकारी लिएका थिए।

प्रचण्ड र सिता सँगै छोरी रेणु र कान्छी छोरी पनि अस्पताल पुगेकी छन्।परिवारसँग अस्पताल प्रशासनले छलफल गरेपछि प्रकाश दाहालको मृत्युको औपचारिक घोषणा गरिने र मृत्युको कारणबारे बताउने जानकारी अस्पताल प्रशासनले दिएको छ।

दुबै श्रीमती अस्पतालमा
प्रकाशका दुबै श्रीमती नर्भिक अस्पतालमा पुगेका छन् । कान्छी श्रीमती विना मगर चुनावी प्रचार प्रसारका लागि कंचनपुरमा थिईन भने सृजना त्रिपाठी छोरा प्रसिद्धलाई पढाउन काठमाडौमा बस्दै आएकी थिईन । प्रकाशका दुबै श्रीमती मुर्छित अवस्थामा छन् । बेहोस भएपछि सृजना त्रिपाठीलाई अस्पतालमा आई सि युमा भर्ना गरिएको छ । ओली र बामदेव पनि आउने चुनावी अभियानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रकाशलाई श्रदाञ्जली अर्पण गर्न काठमाडौमा आउने कार्यक्रम रहेको छ । उपाध्यक्ष बामदेव गौतम पछि आफ्नो चुनावी कार्यक्रम रोकेर बर्दियाबाट आजै काठमाडौ आउन लागेका छन् । यस अघि एमालेकै नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, कांग्रेसका प्रकाशमान सिंह लगायत अस्पताल पुगेका थिए ।

अस्पताल श्रोतका अनुसार अस्पताल ल्याईपु¥याउनु अघिनै प्रकाशको निधन भईसकेको थियो । तर यसबारे अस्पतालले अहिले सम्म आधिकारिक जानकारी गराएको छैन । परिवारका सदस्यहरुको उपश्थिति पछि प्रकाशलाई श्रदाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिने माओवादीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...