रुँदै नर्भिक अस्पताल पुगिन् प्रकाशकी श्रीमती बिना,प्रकाशलाई श्रद्धाञ्जली दिन कुन-कुन नेता नर्भिक पुगे?



हाम्रो इकोनोमि

चुनाव प्रचारका कञ्चलपुरमा रहेकी बिना मगर श्रीमान् प्रकाशको निधनको खबर पछि काठमाडौं आइपुगेकी छिन्।
उनी रुँदै-रुँदै नर्भिक अस्पताल भित्र प्रवेश गरेकी हुन्। उनी ‘केही पनि भएको छैन’ भन्दै डाँको छोडेर रुँदै प्रकाशको शव राखेको अस्पतालको आकस्मिक कक्षमा तर्फ अघि बढेकी थिइन्।

प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको शव राखिएको नर्भिक अस्पतालमा शुभचिन्तकको भीड छ। प्रकाशलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु नर्भिक अस्पताल पुगिरहेका छन्। यसैक्रममा माओवादी नेता गिरिराजमणि पोखरेल, रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा, एमाले नेता झलनाथ खनाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतका नेता नर्भिक पुगेका छन्। यस्तै, कलाकारहरु पनि प्रकाशलाई श्रद्धाञ्जली दिन नर्भिकमा पुगेका छन्।

प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...