नवलपरासीमा चुनावी रौनक बढ्यो, नेताहरु घरदैलो लगायतका चुनावी प्रचार प्रसारमा व्यस्त



काठमाण्डौं । दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला, सभा, घरदैलो लगायतका चुनावी प्रचार प्रसारदैलो लगायतका चु कार्यक्रममार्फत रिझाउन व्यस्त छन् । यस पटक पनि अधिकांश उम्मेदवाहरु पुरानै अनुहारका रहेका छन् भने केही नयाँ अनुहार चुनाबी मैदानमा छन् । यहाँ विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ ।

नवलपरासीका दुई जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । यस पटकको निर्वाचनमा पनि नवलपरासीबाट केही शीर्षदलका शीर्ष नेताहरु चुनावी मैदानमा रहेकाले पनि सो क्षेत्र चर्चामा छ ।

को को छन् ? शीर्षनेताहरु चुनावी मैदानमा

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्र पोलिटब्यूरो सदस्य नेता भविश्वर पराजुली मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ ।

यसैगरी स्वतन्त्र राजनीतिक समूहका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी वाम गठबन्धनका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता देवकरणप्रसाद कलवार मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । कलवार २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।

यसैगरी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ ।

नवलपरासी जिल्ला दुई जिल्लामा विभाजनपछि बर्दघाट सुस्ता पश्चिम नवलपरासी र बर्दघाट सुस्ता पूर्व नवलपरासीमा गरी प्रतिनिधिसभाका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नं ४ र ५ नं प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि कुल चार लाख २९ हजार ८९४ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार  ०४ : २७  बजे

प्रतिक्रिया दिनुहोस
एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

७० लाख घुस माग्ने मन्त्री गुप्ताको जागीर चट्

    ७० लाख घुस मागेको अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य

एमालेको बिधान महाधिवेशनमा विद्यालाई ढोका बन्द

    १४ असारमा पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय सदस्यता नवीकरण गरेको र

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द