काठमाडौँ महानगरका मेयर हार्पिक र व्रस वोकेर सार्वजनिक सौचालय पुगेपछि…



हाम्रो इकोनोमि

 

काठमाडौँ । चुनावी प्रचारका क्रममा कोही उम्मेदवार धान काट्दै गरेको, कोही उम्मेदवार हलो जोत्दै गरेको त कोही उम्मेदवार खेतमै गएर कोदालो खन्दै गरेका तस्बिर सामजिक सञ्जालमा भाइरल बनेका छन् । कहिल्यै खेतमा नपसेका, हलोका बारेमा पनि राम्ररी जानकारी नपाएका उम्मेदवारहरुले समेत विना प्रसङ्ग चुनावी प्रचारकै लागि त्यस्ता तस्बिरहरु सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्दा कतिपय दृष्य त नमिल्दा जस्ता पनि देखिन्थे ।
तर, शनिवार भने अलिक फरक खालको दृष्य राजधानी र त्यसमा पनि विश्व सम्पदा सूचिमा परेका हनुमान ढोका, स्वयम्भूलगायतका स्थानमा देखियो । शनिबार झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मात्र होइन, एमाले उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर–८ की प्रदेश सभा ‘ख’ की उम्मेदवार अष्टलक्ष्मी शाक्य, क्षेत्र नम्बर–८ कै संघ तर्फका उम्मेदवार जीवनराम श्रेष्ठ, प्रदेश सभा ‘क’का उम्मेदवार राजेश शाक्यलगायतका उम्मेदवार हातमा हार्पिक र ट्वाइलेट सफा गर्ने व्रस बोकेर सार्वजनिक सौचालय चाहार्दै हिड्दा त्यस आसपासका मतदाताले एकछि त केही अनौठो पनि माने ।
कुनै चलचित्रको छायांकनको क्रम पो चलिरहेको त छैन भन्दै बाटो हिड्ने समेत एकछिन टक्क उभिएर ती दृष्य अवलोकन समेत गर्दै थिए । त्यसैबेला मेयर शाक्यले ती सबै भ्रमलाई चिर्दै भन्नुभयो– ‘आज पाँचौ चर्पी दिवस हो । यही दिवसको अवसर पारेर हामीले सार्वजनिक सौचालय सफा राखौँ भनेर जागरण अभियान सञ्चालन गरेका हौँ ।’
उहाँले फेरि थप्नुभयो– ‘कतिपयले त चुनावी प्रचारका गरिएको ‘नाटक’ पनि भन्नाल् । तर, त्यस्तो होइन । सांस्कृतिक र पुरातात्वविक महत्वको यो शहरलाई सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि हामीले यो चर्पी दिवसको अवसर पारेर यसको थालनी गरेका हौँ ।
मेयर शाक्यसँगै चुनावी प्रचारमा रहनु भएका जीवनरामले पनि चर्पी दिवसलाई रचनात्मक रुपमा मनाएको प्रतिक्रिया दिनुभयो । ‘काठमाडौँ क्षेत्र नम्बर–८ सम्पदाको भण्डार भएको क्षेत्र हो । यो क्षेत्रमा विश्व सम्पदा सूचीमा परेका वसन्तपुर दरवार र स्वयम्भू चैत्य छन्,’ उहाँले भन्नुभयो, ‘पर्यटकको समेत विशेष रोजाइका यी क्षेत्रमा पर्ने सार्वजनिक सौचालय सफा राख्नु पर्छ भनेर हामीले जागरण अभियान सुरु गरेका हौँ ।’
उहाँले यो अभियान निरन्तर चल्ने पनि जानकारी दिनुभयो । ‘राष्ट्रलाई समृद्ध बनाउने हो भने सबै भन्दा पहिला आफू बस्ने घर र क्षेत्रलाई सुन्दर बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी वसन्तपुर र स्वयम्भू चैत्यलाई ‘हेरिटेज वाक’का रुपमा विकास गर्न चाहन्छौँ । यो त्यसैको थालनी पनि हो ।’ उहाँले त्यस क्षेत्रका ९ वटा सौचालय सफा गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...