केपीलाई जिताउन प्रचण्ड र कोमल ओली झापामा,केपी र प्रचण्ड जहा जान्छन कोमल पनि संगै जाने यस्ता-यस्ता छन कार्यक्रम



हाम्रो इकोनोमि

एमालेबाट उम्मेदवारी नपाएपछि दाङमा स्वतन्त्र उम्मेदवारी दिएकी चर्चित गायिका कोमल वली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन झापा पुगेकी छन्।
ओलीको चुनावी क्षेत्र झापा–५ लगायत पूर्वाञ्चलमा हुने चुनावी सभाहरुमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै गायिका ओलीपनि सहभागी हुनेछिन्।

माओवादी केन्द्रका प्रचण्ड पनि ओलीको चुनावी क्षेत्रलगायत पूर्वाञ्चलमा हुने सभाहरुका लागि झापा प्रस्थान गरेका छन्।

अध्यक्ष ओली गायिका ओलीसँगै भद्रपुर विमानस्थलबाट भद्रपुर पुगेको र प्रचण्ड विराटनगरबाट झापा जाँदै गरेको अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालले बताए।

‘गायिका ओली आज र भोलि हुने चुनावी सभाहरुमा दुवै अध्यक्षसँगै हुनुहुनेछ’ दाहालले भने, ‘पूर्वाञ्चलमा ओली र प्रचण्ड जाने चुनावी सभाहरुमा गायिका ओलीपनि रहनु हुनेछ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार दुवै अध्यक्षले आज दमक, भोलि काकडभिट्टा र मोरङका विभिन्न स्थानमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

दाहालका अनुसार, गायिका ओलीले चुनावी सभामा गीत लगायत सांगितिक प्रस्तुति दिनेछिन्।

ओलीका साथमा लोकदोहोरी गायक बद्री पंगेनी लगायत कलाकारपनि रहेको दाहालले बताए।

राप्रपा छाडेर एमाले प्रवेश गरेकी वली आगामी चुनावमा दाङबाट टिकटको दावेदार थिइन्।

टिकट नपाएपछि असन्तुष्टि स्वरुप स्वतन्त्र उम्मेदवारी दिएपनि वामगठबन्धनलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...