काठमाडौं- ४ का प्रधानाध्यापक तथा विद्यालय संचालक संग डा. राजन भट्टराईको अन्तरक्रिया



हाम्रो इकोनोमि

नेकपा एमालेका केन्द्रिय सदस्य एबम बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ भित्र संचालनमा रहेका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधान अध्यापक तथा संचालक संग अन्तरक्रिया गरेका छन ।

सो अन्तरक्रियामा डा. भट्टराई संगै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्की , बाम गठवन्धन निर्वाचन परिचालन कमिटि प्रदेस २ का सचिव एबम प्रचार प्रसार कमिटिका संयोजक धुर्वराज न्यौपाने ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा सहभागीहरुले विद्यालयको व्यवसायिक सुरक्षा र पेशागत हक हितको वारेमा डा. भट्टराई र उनको पार्टीको धारणा के हो ?भन्ने जिज्ञासा राखेका थिए भने निर्वाचन परिचालनका वारेमा सुझाव पनि दिएका थिए ।

डा. राजन भट्टराईले सहभागीहरुका प्रश्नको जवाफ दिदै नेपालमा निजि र सार्वजनिक विद्यालयको योगदान ठुलो रहेको बताएका थिए ।उनले अहिले बाम गठवन्धन पश्चात निजि शिक्षालय संचालकहरुमा दुविधा रहेकोमा त्यो नलिन आग्रह गरेका थिए ।नेपालमा निजि शिक्षा सार्वजनिक शिक्षालयको गुण स्तर व्यापक सुधार हुदा मात्र पछी पर्ने बताएका थिए ।उनले सार्वजनिक शिक्षा सुधारमा निकै समय लाग्ने अवस्था रहेको भन्दै समाज परिवर्तनका सम्बाहक शिक्षक तथा विद्यालय संचालकलाई आसन्न ऐतिहासिक निर्वाचनमा सक्रिय सहभागी बन्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले शिक्षा नै रास्ट्र निर्माणको मूल आधार भएकोले त्यसको निकै महत्व रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने विधालयहरुका हरेक समस्या समाधानमा लाग्ने बताएका थिए ।कार्कीले यस क्षेत्रका विधालयहरुको हरेक काम अव नगरपालिका बाठुने हुदा त्यहाँ रहेका जन प्रतिनिधिहरु संग समन्वय गरि हरेक सेवा सुलभ तरिकाले प्रदान गर्न सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...