काठमाडौं- ४ का प्रधानाध्यापक तथा विद्यालय संचालक संग डा. राजन भट्टराईको अन्तरक्रिया



हाम्रो इकोनोमि

नेकपा एमालेका केन्द्रिय सदस्य एबम बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ भित्र संचालनमा रहेका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधान अध्यापक तथा संचालक संग अन्तरक्रिया गरेका छन ।

सो अन्तरक्रियामा डा. भट्टराई संगै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्की , बाम गठवन्धन निर्वाचन परिचालन कमिटि प्रदेस २ का सचिव एबम प्रचार प्रसार कमिटिका संयोजक धुर्वराज न्यौपाने ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा सहभागीहरुले विद्यालयको व्यवसायिक सुरक्षा र पेशागत हक हितको वारेमा डा. भट्टराई र उनको पार्टीको धारणा के हो ?भन्ने जिज्ञासा राखेका थिए भने निर्वाचन परिचालनका वारेमा सुझाव पनि दिएका थिए ।

डा. राजन भट्टराईले सहभागीहरुका प्रश्नको जवाफ दिदै नेपालमा निजि र सार्वजनिक विद्यालयको योगदान ठुलो रहेको बताएका थिए ।उनले अहिले बाम गठवन्धन पश्चात निजि शिक्षालय संचालकहरुमा दुविधा रहेकोमा त्यो नलिन आग्रह गरेका थिए ।नेपालमा निजि शिक्षा सार्वजनिक शिक्षालयको गुण स्तर व्यापक सुधार हुदा मात्र पछी पर्ने बताएका थिए ।उनले सार्वजनिक शिक्षा सुधारमा निकै समय लाग्ने अवस्था रहेको भन्दै समाज परिवर्तनका सम्बाहक शिक्षक तथा विद्यालय संचालकलाई आसन्न ऐतिहासिक निर्वाचनमा सक्रिय सहभागी बन्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले शिक्षा नै रास्ट्र निर्माणको मूल आधार भएकोले त्यसको निकै महत्व रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने विधालयहरुका हरेक समस्या समाधानमा लाग्ने बताएका थिए ।कार्कीले यस क्षेत्रका विधालयहरुको हरेक काम अव नगरपालिका बाठुने हुदा त्यहाँ रहेका जन प्रतिनिधिहरु संग समन्वय गरि हरेक सेवा सुलभ तरिकाले प्रदान गर्न सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...