महरा, बर्षमान र ओनसरीमाथि बम प्रहार, सशस्त्र प्रहरीले गोली चलाए पछी दोहोरो हानाहान



हाम्रो इकोनोमि

चुनावी अभियानमा रहेका माओवादी केन्द्रका चार बरिष्ठ नेतामाथि एकैपटक बम प्रहार भएको छ।
कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीको टोलीमाथि शुक्रबार दिउसो साँढे १२ बजे बम प्रहार भएको हो।

माओवादी केन्द्रका चारैजना नेता सदरमुकाम लिवाङतर्फ आउँदै गर्दा भदौरे भन्ने ठाउँमा भीरबाट बम खसालिएको थियो। त्यसमध्ये केसी र पुनद्धय सुलिचौरबाट र महरा दाङबाट रोल्पा सदरमुकाम लिवाङतर्फ जाँदै थिए।
‘अनन्त र पूर्व सभामुख पुनको गाडी अलिक अगाडि पुगेको थियो’ घटनास्थलमा रहेका दाङका पत्रकार पाण्डव शर्माले भने, ‘बम महरा र सशस्त्र प्रहरी सवार गाडीको ठीक बीचमा खस्यो।’

बम प्रहार भएपछि प्रहरीले जवाफमा दुई राउण्ड गोली प्रहार गरेको थियो। शर्माले भने, ‘प्रहरी नेताहरुलाई सुरक्षित गराउनतिर लाग्यो। त्यसैले, कोहीपनि गाडीबाट बाहिर निस्कनु भएन।’
घटनासथल जिल्ला सदरमुकाम लिवाङबाट १० किलोमिटर टाढा पर्छ। चारैजना नेताहरु सदरमुकाम आइसकेका छन्। घटनाप्रति खेद व्यक्त गर्दै महराले समाजवादी क्रान्तिबाट डराएका आपराधिक समूहले घटना गराएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...