गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना अपराधीलाई प्रहरीले कपनबाट यसरी समात्यो



हाम्रो इकोनोमि

निर्माण व्यवसायी शरद गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना पक्राउ परेका छन्।
काठमाडौंको कपनबाट आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल र ९ एमएमको अर्को पेस्तोल बरामद गरेको छ। साथै ९ एमएमको पेस्तोलमा प्रयोग हुने ८ गोली र कटुवामा प्रयोग हुने २ वटा गोली पनि बरामद गरेको छ। ९ एमएमको सो पेस्तोल नै गौचन हत्यामा प्रयोग भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई घटनाका योजनाकारले गौचनको घर निगरानीका लागि खटाएका थिए। गौचनको हत्यापछि सुटरले यी दुई जनालाई पेस्तोल लुकाउन लगाई फरार भएका थिए। पक्राउ पर्नेहरुमा ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ रहेको डिआइजी गणेश केसीले बताए।

यसअघि गत मंगलबार हत्यामा संलग्न सुटरसहित पाँच जनालाई महानगरीय प्रहरीले सार्वजनिक गरेको थियो। उनीहरुमामुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन्।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए। घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सो समितिले प्रतिवेदन बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...